दृष्टिविहीनका लागि न्यानो कपड़ा अभियान - Nai Ummid

दृष्टिविहीनका लागि न्यानो कपड़ा अभियान


सप्तरी जिल्लाको राजविराज नगरपालिका-५ का दृष्टिविहीन बालबालिकालाई एक कार्यक्रम बिच न्यानो कपड़ा वितरण गरिएको छ। बढ़दो शितलहरको कारण जोडो छ्ल्‍नका लागि सम्मान मधेश कतार शाखाको आयोजनामा न्यानो कपड़ा वितरण कार्यक्रममा दृष्टिविहीन बालबालिकालाई न्यानो कपड़ा वितरण गरिएको हो। आर्थिक संकटमा परेका घरपरिवारका बालबालिकाहरू राजविराज स्थित दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत छन्। सम्मान मधेश कतार शाखाका अध्यक्ष श्री प्रताप साहको पहलमा समाजसेवी बटोही यादव, शिवनाथ मुखिया, सोभित लाल दास, शंकर सादा, विमल महतो, रामविलास पासमान, प्रमोद यादव, श्रवण सिंह कुशवाहा, रविन्द्र सादा, दामोदर महरा, राम रिझन यादव, गणित यादव, जितेन्द्र मण्डल, मिथलेश सहाय, श्री प्रसाद पासमान र शिवचरण पासमानले आर्थिक सहयोग गरेका थिए। उक्त कार्यक्रममा ज्याकेट, स्वीटर, पेन्ट, ट्रयाक, मास्क, साबुन सर्फ लगायतका सरसफाई सामग्री, चाउचाउ, बिस्कुट, लगायतका खानेकुरा, चप्पल वितरण गरियो। पत्रकार रक्षा चौधरी र पत्रकार रामनाथ यादवले उक्त सामग्री १० जनालाई वितरण गरेका छन्। 


दृष्टिविहीन स्रोत कक्षाकी सहयोगी कार्यकर्ता लिला साहले भनिन-विदेशमा रहेर आफनो जन्मभूमिका असहाय पिडित, दिनदुखी र गरीबलाई मदद गर्दे आएको सम्मान मधेश कतार परिवारलाई तथा सम्पूर्ण समाजसेवीहरूलाई हृदय देखि धन्यवाद गर्दछु। त्यस्तै पत्रकार रामनाथ यादवले उक्त कार्यक्रममा कपड़ा र सामग्री वितरण गर्दे भने - ‘सेवा नै सबैभन्दा ठुलो धन हो।’ कतारका सम्मान मधेशका समाजसेवीहरूले न्यानो अभियान सप्तरीमा गरेकोेमा हामी सबैको लागि खुसीको कुरा हो। आगामी दिनमा पनि सहयोगी हातहरूले यस कार्यलाई निरन्तरता दिनुपर्छ। यसअघि सप्तरी जिल्लाकै छिन्नमस्ता गाउॅंपालिका स्थित लोखरम गाउॅंका लुचाई सदाको घर परिवारका लागि ब्लान्केट र खाद्यान्न यस संस्था द्वारा उनकी श्रीमति गीता सदालाई हस्तान्तरण गरिएको थियो। लकडाउनको समयमा सम्मान मधेश द्वारा १० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको थियो। न्यानो कपड़ा अभियानका लागि सम्मान मधेश कतारबाट १५ हजार ५ सय रूपैया आर्थिक सहयोग भएको छ। बोल्न र सुन्न नसक्ने बालबालिकाका लागि स्टेशनरी र कपड़ा दिने आयोजक संस्थाले जनाएको छ।
यो संस्थाको मुल नारा हो 'तन मन धन से'। नेपाल, कुवैत, मलेशिया, इंडिया, युएसई, कतार, सउदी लगायतका देशहरुमा यस संस्थाको शाखा रहेको छ ।


Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads