आठै जिल्लामा एक साथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने - Nai Ummid

आठै जिल्लामा एक साथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने


जनकपुरधाम, माघ १२ । प्रदेश सरकारले कोरोना विरुद्धको खोप अभियान आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठ वटै जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो । 


खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले विरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र समाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जनाउनु भएको छ । 

प्रदेश नं. २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताउनु भयो । 

पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र मोर्चामा खटि रहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads