नेपाल
मैथली समाज सेवा ग्रुपले दिनदुखी पिड़ित र असहायलाई मदत गर्दे आएको छ। यो सामाजिक संस्था हो। समाजसेवाको भावना हामी सबैको मनमा हुनुपर्छ, मैथली समाज सेवा ग्रुप केन्द्रिय कार्यलय साउदीका अध्यक्ष देवचन्द्र महतोले बताए।
मैथली समाज सेवा ग्रुपद्वारा आर्थिक सहयोग
मैथली समाज सेवा ग्रुपले दिनदुखी पिड़ित र असहायलाई मदत गर्दे आएको छ। यो सामाजिक संस्था हो। समाजसेवाको भावना हामी सबैको मनमा हुनुपर्छ, मैथली समाज सेवा ग्रुप केन्द्रिय कार्यलय साउदीका अध्यक्ष देवचन्द्र महतोले बताए।
सप्तरी र सिरहाका दिनदुखीलाई घर बनाउन र उपचारका लागि आर्थिक सहयोग गरेका छन्। यस ग्रुपका अध्यक्ष देवचन्द्र महतो, उपाध्यक्ष रंजित यादव, कोषाध्यक्ष रामआशिष यादव, सचिव आनन्दा कुमार साह, सदस्य बेचन सिंह लगायतका समाजसेवी युवाहरूले सप्तरीको राजविराज -2 स्थित आॅंपको फुलवारीमा एकान्तवास बस्दै आएका पूर्ण अपांग विनोद कुमार सिंहलाई उपचार खर्च दश हजार नगद सहयोग पठाएका छन्।
यसअघि सिरहा जिल्लाको गढ़ियाकी एक दिनदूखी महिलाको घर बनाउन आर्थिक सहयोग पठाएको जनाइएको छ। साउदी कतार, कुवैत र दुबईका समाजसेवी युवाहरूले आफ्नो मातृभूमि नेपालका पिड़ित दिनदूःखी र असहायको लागि आफ्नो कमाईबाट रकम जुटाएका छन्। यो मैथली समाजसेवा ग्रुप साउदी, कतार, कुवैत र दुबईमा रहेको छ।
Previous article
Next article


Leave Comments
एक टिप्पणी भेजें