सप्तरी २ वाट शरद सिंह यादवको उम्मेदवारी, विकासलाई प्राथमिकता
चन्दन कुमार यादब, राजबिराज :
जन अधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
जारी गरिएको प्रतिबद्धता–पत्रमार्फत उनले राजविराज र आसपासका क्षेत्रको ऐतिहासिक, राजनीतिक र सामाजिक महत्व उल्लेख गर्दै समग्र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
यादवले राजविराज नेपालकै पहिलो योजनाबद्ध सहर भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका प्रमुख एजेन्डामा सरकारी अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवामा सुधार, धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, सीमा क्षेत्रको व्यवस्थित व्यवस्थापन, कृषि र सिँचाइ सुधार, गुणस्तरीय शिक्षा, पुस्तकालय स्थापना तथा युवाका लागि रोजगारी सिर्जना रहेका छन्।
उनले विगतमा आफूले निरन्तर रूपमा जनताको हक–अधिकारका लागि आवाज उठाउँदै आएको दाबी गर्दै यसपटक जनताको समर्थन पाए क्षेत्रको समग्र विकासका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन्।


Leave Comments
एक टिप्पणी भेजें