गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्र भित्र बृक्षारोपण तथा सरसफाई अभियान शूरु - Nai Ummid

गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्र भित्र बृक्षारोपण तथा सरसफाई अभियान शूरु


 राजविराज (सप्तरी),असार २८ गते ।

यहाँ स्थित गजेन्द्र नारायण सिंह औधोगिक  क्षेत्र भित्र बृक्षारोपण तथा सरसफाई अभियान शूरु गरिएको छ । 

२२ विगहा क्षेत्रफलमा पैmलिएको उक्त औधोगिक क्षेत्रलाई अझ स्वच्छ, सून्दर, सुरक्षित र व्यवस्थित बनाउन उक्त अभियान सूरु गरिएको कार्यालय प्रमुख मनिष मिश्रले जानकारी दिएका छन । 

शनीवार देखी सुरु भएको सरसफाई तथा बृक्षारोपण अभियानको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले सरसफाइ तथा बृक्षारोपण गर्दै शुभारम्भ गरेका हुन । 

अभियान अन्र्तगत पहिलो दिन औधोगिक क्षेत्र परिसरमा सरसफाईका साथै तेजपात, पपिता, अमला, सिसो, अम्बा, जरकण्डा, गुलमोहर, वेल, टिक, कपुर लगायत विभिन्न प्रजातिका १ सय १० वटा विरुवा रोपिएको छ । 

उक्त कार्यक्रममा उधोगी एवं समाजसेवी विसान्त जैन, मनिष महासेठ, औधोगिक क्षेत्रका प्रमुख मनिष मिश्र, कर्मचारी तथा सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो । सो अवसरमा कार्यालय प्रमुख मिश्रले औधोगिक क्षेत्रलाई स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनुका साथै पर्यावरण जोगाउन पनि  यस्तो कार्यक्रम थालिएको बताए । 

उनले सप्तरीको विकास तथा रोजगारी संग जोडिएको यस औधोगिक क्षेत्रमा सुरक्षाको सुविधा नहुदा उधोगि व्यवसायीलाई आकर्षण गर्न समस्या भइरहेको समेत बताए । 

“एउटा प्रहरी विट राख्नु पर्ने आवश्यक्ता छ, उनले भने–यसका लागी पटक÷पटक प्रयास गरेपनि सफलता मिल्न सकेको छैन ।” आवश्यक सुविधा नहुदा हाल औधोगिक क्षेत्रमा ६ वटा मझौला उद्योग मात्र संचालन छन । संचालनमा रहेका उधोगहरुमा पानी, प्लाष्टिक र डेरीका रहेका छन । 

ती सबै उधोगहरुबाट निस्कने फोहर मैला व्यवस्थापन आफ्नै खर्चमा गर्नूृ पर्ने अवस्था रहेको उधोगी व्यवसायीहरु बताउँछन ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads