समतावेशी र समतामूलक शिक्षा विषयक दुई दिने तालिम संपन्न
रक्षा चौधरी :
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावक शिक्षक संघका पदाधिकारीलाई समावेशी शिक्षा विद्यालयको पहुँचयुक्त वातावरण, पहुँचयुक्त सिकाई विधि र प्रकृया सिकाईको समावेशी ढाँचा लगायतका विषयमा जानकारी गराउने र यसको सुनिश्चितताको लागि तिनै पक्षको भूमिकाको बारेमा साझा बुझाई विकास गर्ने, अपाङगता भएका बालबालिका लगायत अन्य सिमान्तकृत समुदायका बालबालिकाको विद्यालय र सिकाई प्रकृयामा पहुँच सँग सम्बन्धित समस्या, अवरोध र चुनौतिहरूलाई चिर्ने उपायहरू खोजी गर्ने तथा सहभागीहरूको प्रतिबद्धता सहितको एक साझा कार्ययोजना तयार गर्ने उक्त तालिमको उद्देश्य रहेको छ ।
सो तालिममा आर.सि.आर.डि. संस्थाका प्रशिक्षक सूर्य भक्त प्रजापतिले समावेशी र समतामूलक शिक्षा बारे प्रशिक्षण दिएका थिए । सोही तालिममा तिलाठी कोइलाडी गा.पा.का शिक्षा शाखा प्रमुख विरेन्द्र कुसियैत, सेभ द सप्तरीका परियोजना संयोजक अनिल कुमार यादव, शिक्षा अधिकृत राम विनय यादव, मिल अधिकृत तेहजीब नासिर लगायतको उपस्थिति रहेको थियो ।
छिन्नमस्ता गा.पा. तथा तिलाठी कोइलाडी गा.पा.को विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू र अभिभावक शिक्षक संघका पदाधिकारीहरू लगायत 25 जना सहभागीहरूको सहभागिता रहेको थिए । उक्त कार्यक्रम सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave Comments
एक टिप्पणी भेजें