मुसहर बस्तीको विद्यालय चलाउन चन्दा संकलन (वीडियो सहित) - Nai Ummid

मुसहर बस्तीको विद्यालय चलाउन चन्दा संकलन (वीडियो सहित)


रक्षा चौधरी :

नेपाल के सप्तरी के छिन्नमस्ता गाउॅंपालिका-5 स्थित लोखरमको दलित राष्ट्रीय प्राथमिक विद्यालयको विद्यालय स्तरोन्नति तथा जग्गा खरीद सम्बन्धी कार्यको लागि अर्थ संकलन कार्यक्रम विगत एक महिना देखि थालिएको छ।

Video -https://youtu.be/-08g5VQvpvk


भवन निर्माणका लागि आवश्यक बजेट तथा जग्गा अभाव रहेकोले चन्दा संकलन बाहेक अरू कुनै विकल्प नरहेकोले बाध्य भएर चन्दा संकलन कार्य शुरू गरिएको छ। बाल विकास केन्द्र देखि कक्षा तीन सम्म पढाउन दुईवटा कक्षा मात्र छ। कक्षा चारको पढ़ाई भवन अभावकै कारण रोकिएको छ। विसं. 2061 सालमा स्थापित उक्त विद्यालयमा भवन निर्माण तथा जग्गा खरिद गर्न कुनै पनि निकायलेचासो नदेखाएको विद्यालयमा भवन निर्माण तथा जग्गा खरिद गर्न कुनै पनि निकायले चासो नदेखाएको विद्यालयका प्रधानाध्यापक सुजित कुमार ठाकुर बताउॅंछन्। मुसहर समुदायका बालबालिकालाई षिक्षा दिन भवनको आवश्यकता छ। स्थानीय नेताल जय प्रकाश ठाकुरले 10 धुर जग्गा दान गरेका छन्। तर त्यो प्राप्त नरहेकोले विद्यालय संगै रहेको जग्गा बिक्रीमा रहेको छ। अर्थको अभावका कारण खरिद गर्न सक्ने अवस्था नहरेको ठाकुर बताउॅंछन।

यस विद्यालयमा 124 वटा दलित समुदायका बालबालिका अध्ययनरत छन्। मुसहर समुदायका बालबालिकाको उज्जवल भविष्यका लागि विद्यालयमा थप भवन आवश्यक रहेको अभिभावक घुरन सदा बताउॅंछन।  


Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads