ग्रामीण उधम तथा आर्थिक विकास आयोजना का लागि सरोकारवालासंग अन्तरक्रिया - Nai Ummid

ग्रामीण उधम तथा आर्थिक विकास आयोजना का लागि सरोकारवालासंग अन्तरक्रिया


ग्रामीण उधम तथा आर्थिक विकास आयोजना बारे जानकारी गराउने उद्देश्यले सप्तरीको राजविराजमा शुक्रवार एक कार्यक्रमको आयोजना गरिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ग्रामीण उधम तथा आर्थिक करिडोर कार्यलय, बर्दिवासको आयोजनामा आयोजना संचालित क्षेत्रका प्रादेशिक तथा स्थानीय तहहरूसंग अंतरक्रिया एक दिवसीय कार्यक्रम राजविराज स्थित जिल्ला समन्वय समितिको हल सभाहलमा सम्पन्न भएको छ।

उत्पादक समूहहरूलाई ग्रामीण बजार पहुंचका लागी बजार सम्बन्धको सुदृढ़िकरण गर्ने, उधमशील वातावरणको निर्माण र कोभिड-१९ बाट सिर्जित परिस्थितिको पुनर्स्थापनाका लागी रोजगारीका अवसरहरूको सिर्जना गर्ने यस आयोजनाको मुख्य लक्ष्य रहेको छ। उपर्युक्त लक्ष्य हासिल गर्न आयोजनाले उत्पादनमूलक साझेदारीको माध्यमबाट कृषि बजार मजबूत गर्ने, संघीय संरचनामा आवश्यक नितिगत खाका, उपयुक्त संरचनाहरू र अन्य सहयोगी सेवाहरू मार्फत उद्यमशील वातावरण निर्माण गर्न सहयोग पुन्याउने, कोभिड-१९ को असरबाट प्रभवित खाद्य आपुर्ति श्रृंख्ला सुधार गर्ने र स्थानीय अथव्यवस्था सुदृढ़ गर्ने उद्देश्यहरू लिएको आर्थिक करिडोर कार्यलयका प्रमुख डॉ. चन्द्र प्रसाद रिसालले जानकारी दिए। उक्त कार्यक्रममा आयोजनाको मुख्य नतिजा सूचकहरूबारे जानकारी गराएका हुन। आयोजनाका संभागहरू मार्फत संचालन हुने मुख्य कार्यक्रमहरूबारे सहभागीहरूलाई जानकारी गराउदै सल्लाह सुझाव समेत संकलन गरेका हुन। यस आयोजना अन्तर्गत ४वटा आर्थिक करिडोर कार्यलयहरू मार्फत नेपालका मुख्य पांच आर्थिक करिडोरले छोएका स्थानीयतहरूमा संचालन हुने कृषि अधिकृत संतोस खड्गाले जनाएका छन्। 

सप्तरीको अग्नीसाइर कृष्णासवरन गा.पा., रूपनी गा.पा., तिरहुत गा.पा., बलान बिहुल गा.पा., राजगढ़ गा.पा., विष्णुपुर गा.पा., महदेवा गा.पा., राजविराज, हनुमाननगर कंकालिनी न.पा., कंचनरूप न.पा., खडक न.पा., शम्भुनाथ न.पा., सुरूंगा न.पा. र बोदेबरसाइन मेयर, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा, पशु शाखा, कृषि सहकारी संस्था तथा समूहहरू, संचारकर्मी लगायतलाई यस कार्यक्रमका लागि आमन्त्रित गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा सप्तरीमा कृषि क्षेत्रमा उत्पादन छ तर बजार पहुंच न रहेको बलान बेहुल गा.पा.का अध्यक्ष दयानन्द गोइतले भने। उनका अनुसार बगर खेती उत्पादन गर्नु पर्छ। किसानलाई अनुदान दिदा कृषि क्षेत्रमा अरू कृषकका लागि प्रेरणाको स्रोत बन्न सकिन्छ। विष्णुपुर गाउॅंपालिका अध्यक्ष निलाम्बर यादवले भने- सेवा केन्द्रको भवन अभाव कहां छ र कस्तो अवस्थामा छ पता लगाउनु आवश्यक छ। यो आयोजना सप्तरीमा संचालन हुंदा कृषकहरू लाभान्वित हुने छ। 

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, डाक्नेश्वरी न.पा.का मेयर शिवनारायण साह, कंचनरूप न.पा.का मेयर वसन्त मिश्र, प्रमुख प्रशासकीय अधिकृत नवराज खड्गा, विभिन्न कार्यलयका पशु तथा कृषि क्षेत्रका विशेषज्ञहरूको उपस्थिति थियो। 


Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads