पर्यटक आतिथ्यतामा नेपालीपन देखाउन आवश्यक - Nai Ummid

पर्यटक आतिथ्यतामा नेपालीपन देखाउन आवश्यक


पर्यटक प्रहरी इकाई भृकुटी मण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा शनिवार पर्यटक सवारीचालक,ट्याक्सीचालक तथा रिक्सा चालहरूसँगको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  पर्यटकहरू नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालकहरू हुने भएकोले सवारीचालकहरुले गर्ने व्यवहारबाटै उनीहरुको नेपाल प्रतिको दृष्टिकोण बन्ने भएकोले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन सरोकारवालाहरुले जोड दिनुएको छ । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओे)डा. धनन्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालहहरूले सोही अनुरूपको व्यवहार आवश्यक भएको बताउनु भयो । उहाँले चालकहरुलाई अतिथिदेवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलान सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरिक्षक(डीएसपी) डा. विवेकराज भण्डारीले कोभिडको अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । यस्तै नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी दिनुभएको थियो । 


यस्तै कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरिक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल संघ नेपाल हानका पमुख कार्यकारी अधिकृत टेक महतले पर्यटनमा आतिथ्यता र सञ्चारको भूमिका तथा को बारेमा पर्यटक प्रहरी इकाई भृकुटी मण्डपका प्रहरी निरिक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले गरिरहेका क्रियाकलाप र गर्नु पर्ने कामका बारेमा बताउनु भएको थियो । सहभागिहरुले यस्ता अनुशिक्षण कार्यक्रममले आफ्नो व्यबहार परिवर्तन तथा अन्य सिकाइमा सहयोग पुगेको धारणा राख्दै यस खालका तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बताका थिए ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads