अभिमुखिकरण कार्यक्रम सम्पन्न - Nai Ummid

अभिमुखिकरण कार्यक्रम सम्पन्न


नेपाल पर्यटन बोर्ड र  नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा बिहीबार काडमाण्डौमा पर्यटक यातायात व्यवसायि तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन व्यवसाय सेवा प्रदान गर्ने व्यवसाय भएकोले पर्यटनका हरेक क्षेत्रले गुणस्तरिय सेवा दिनु पर्नेमा जोड दिनु भयो । उहाँले संघलाई सातै प्रदेशमा स्तरिय पर्यटकीय यातायात सञ्चालन गर्न र सोको रुटमा गुणस्तरिय खाना,पर्यटकीय उत्पादन सहितको पर्यटकीय सेन्टर स्थापना गर्न आग्रह गर्नु भयो । कार्यक्रममा वरिष्ठ निर्देशक ऐरले व्यवसायिहरूको डायरेक्ट्री विमोचन समेत गर्नु भयो । यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव र पर्यटन प्रर्वद्धनमा बोर्डको भूमिकाबारे जानकारी दिँदै कोभिडकै  बीचबाट पर्यटनलाई अगाडि बढाउने चुनौती आएको बताउनु भयो । अभिमुखिकरण कार्यक्रममा आन्तरिक राजश्व विभागका अधिकृत रोशन थापा मगरले नेपालको करण प्रणाली र करका परिवर्तित नीतिहरुको बारेमा बताउनु भएको थियो । बरिष्ठ पर्यटन गाइड हरेराम बरालले व्यवसायीहरुले चालक सहचालकलाई प्रदान गर्ने आभारभूत आतिथ्य, स्वास्थ्य, सरसफाई र सञ्चारका विषयमा ज्ञान दिन आवश्क भएको बताउनु भयो । 


संघका अध्यक्ष रामहरी शर्माले पर्यटकीय यातायातको क्षेत्रमा कोभिडले ठूलो असर गरेपनि राज्यबाट व्यवसायीहरूले उचित राहत तथा सुविधाहर नपाएको गुनासो गर्नु भयो । उहाँले कोभिडले गर्दा यो क्षेत्रमा अर्बौको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा रहेको बताउँदै व्यवसायी माथि लगाइएका कार हटाउन सरकारसँग माग गर्नु भयो । संघका अनुसार संघमा आवद्ध करिब २ हजार ७०० पर्यटकीय सवारी साधनमा गरि करिब रु १० अर्ब बढिको लगानी रहको छ ।   



Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads