पिएलजीएसपीलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन मुख्यमन्त्री राउतको निर्देशन - Nai Ummid

पिएलजीएसपीलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन मुख्यमन्त्री राउतको निर्देशन


जनकपुरधाम, चैत १२ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिनु भएको छ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८÷७९को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तैयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरुले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने उल्लेख गर्नु हुँदै सो कुरा बताउनु भएको छ ।
उहाँले भन्नु भयो– ‘हामी जनमैत्री शासनको कामना गरेका छौ, त्यसकालाई कार्यालयहरुको व्यवस्थापन पनि अनिवार्य छ । हामीलाई भौतिक पूर्वाधारको निर्माणमा समेत जोड दिनु पर्दछ ।’
मुजेलिया स्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागी अविलम्ब मास्टर प्लान बनाउन समेत उहाँले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।
उहाँले प्रदेश र स्थानीय तह बीचको सम्बन्धलाई सुमधुर बनाउदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तुर्जमा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
प्रदेशका प्रमुख सचिव गोकर्ण मणि दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले सरकारको प्राथमिकताहरुलाई पिएलजिएसपीको कार्यक्रममा समेटनु पर्ने बताउनु भयो ।
उहाँले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सरकारले प्राथमिकतामा राखेको कार्यक्रमहरुलाई कार्यान्वयन गराउने तर्फ उन्मुख हुनु पर्नेमा त्यसको आभाव देखिएको समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का साझेदार संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads