नेपालमा लेड (सिसा)को विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ - Nai Ummid

नेपालमा लेड (सिसा)को विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ

६७,१९,२३५ नेपाली बालाबालिकाको रगतमा अत्यधिक लेड : रगतमा लेड सम्बन्धि समस्या सामाधान गर्न राष्ट्रिय निती र कार्यक्रम ल्याउन माग एवं पेन्ट्मा लेडको मापदण्डको प्रभावकारी कार्यान्वयनको जरुरी



मिति २०७७।७।६ गते, काठमाण्डौ, नेपालः आम जनस्वास्थ्य र खासगरी बालबालिकालाई लेड (सिसा) को विषाक्तता बाट जोगाउनका निम्ती नेपाल सरकारं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र र विश्व स्वास्थ्य संगठन को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र काठमाण्डौले लेडयूक्त पेन्ट उन्मुलनका निम्ती अन्तर्राष्ट्रीय सन्जाल द्वारा सन् २०२० अक्टूबर २५ देखी ३१ (२०७७ कार्तिक ९ देखी १५ गते) सम्म लेडको विषबाट बचावटका लागि आठौैे अन्र्तराष्ट्रीय सचेतना सप्ताह को शुभारम्भ स्वरुप बागमती प्रदेश लगायत एक राष्ट्रिय स्तरीय अन्तरकृया कार्यक्रम एवं विभिन्न तिनवटा प्रदेशहरु (१, २ एवं लुम्बिनी) संगका सहकार्यमा प्रादेशिक स्तरीय जनचेतना तथा क्षमता अभिबृद्धी कार्यक्रमको आयोजना गरी मनाउन गैरहेको कुरासहर्ष जानकारी गराउन पाउँदा खुशी लागेको छ । 

यस वर्ष आयोजना गरीने साताब्यापी कार्यक्रमहरुको मूख्य उदेश्य नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारी कार्यान्वयन गरी बालबालिका र आम जनस्वास्थ्यलाई लेडको सम्पर्कमा आउनबाट जोगाउन ठोस योगदान पुर्याउने र लेडयूक्त पेन्टको उन्मूलन गर्ने गराउने तर्फ केन्द्रिय र प्रदेश सरकारहरुसंग आवस्यक पहल गर्ने ।   नेपालमै भएको पेन्ट्स मा लेडको अध्ययनहरुका परीणाम र बालबालिकाको रगतमा अत्यधिक लेड पाईएको तथ्यबारे सरोकारबालाहरुसंग अन्तरकृया गरी नियन्त्रण तथा समस्या सामाधानको उपायहरु पहिल्याउने जमर्को गरीएको छ । 

विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वब्यापीरुपमा जनस्वास्थ्यलाई असर पुयाउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै शुरक्षित मात्रा हुदैन भने तथ्य पनि स्थापित गरेको छ । लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा अबरोध पुयाउदछ । संसारभरी लेडकोकारण १०६०००० मानसिको मृत्यहुने गरेको, २४४००००० बर्ष बराबरको समय मनिसको जीवन असक्तताको कारण गुमने, ६३.२ प्रतिशत बौधिक्ता अशक्तता र १०.३ प्रतिशत उच्च रक्तचाप सम्बन्धि समस्याको कारण लेडको सम्पर्कमा आउनुबाट भएको तथ्य रहेको छ । 

नेपाल लगायत विश्वका विभिन्न मध्यम तथा निम्न विकशित मुलुकहरुमा लेड बाट ५ वर्ष मुनीका वालवालिकाहरुमा पर्ने असरहरुले हुने आर्थिक क्षतीको विश्लेषण ले नेपालमा मात्र कुल अमेरीकी डलर १५३३२४५१२५ (१.५ खर्व ) बराबरको वार्षिक रुपमा आर्थिक क्षती हुने तथ्य प्रकासन गरेको छ । जुन रकम नेपालको कूल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत हुने अनुमान गरीएको छ जुन राज्यले सम्पूर्ण लेड संग सम्बन्धित ब्यापार र व्यवसायबाट पाउने राजस्व भन्दा धेरै गुणाले बढी छ । हलै ‘सन् २०२० मा जारी त्जभ त्यहष्अ त्चगतज नामक प्रतिवेदन अनुसार विस्वका हरेक तिन बचचामा एक बच्चो अर्थात  ८० करोर बालबालिकाको रगतमा लेडको मात्रा पाईएको छ । यसै अध्यनले नेपालका ६७१९२३५ बालबालिकाको रगतमा लेडको मात्रा रहेको पाईएको छ । जुन नेपालमा गरीएको अध्ययनको परीणाम संग मेल खान्छ । नेपाल स्वास्थ्य अनुसन्धान परीषद लगायतका चार चार पटकको बालबालिकाको रगतमा लेडसम्बन्धि गरीएका अध्यनहरुले ६५ देखी १०० ∞ सम्म बालबालिकाहरु लेडको उच्च जोखीममा रहेको अध्ययनहरुले देखाइ सकेको छन् । 

विश्व लगायत नेपालमा पनि लेडबाट पारेको यत्रो ठुलो सामाजीक एवं आर्थिक समस्या निम्त्याउने लेड बारे नेपाल सरकारका सम्बनिधत तिनै तहका स्वास्थ्य र वातावरण सम्बन्धि मन्त्रालय, स्वास्थ्य समुदाय र सबै सरोकारबालाहरुले नोपली बालबालिकाको शरीरमा लेडको अध्यन, नियन्त्रण तथा सम्बन्धित स्वास्थ्य समस्याको सामाधानका लागि एक राष्ट्रिय निती बनाई परीक्षणका लागि आवस्यक प्रयोगशाला लगायत श्रोत, साधन सहितको पुर्वाधारको विकास हरेक प्रदेशमा तत्काल गर्नुपर्ने केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले जोडदार माग गर्नु भयो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले वि.स. २०७४ र २०७५ गरी २७ पेन्ट्स उद्योगहरुका ५६ बटा इनामेल पेन्ट्सहरुमा गरीएको मापदण्डको प्रभावकारीता सम्बन्धी अध्ययनले मापदण्ड परीपाल्नाको अवस्था (६० ∞) मात्र रहेको पाईएको थियो । जुन वातावरण मन्त्रालय स्वयंले २०७३ मा गरेको अध्यनले देखाएको परीपाल्नाको अवस्था (३० ∞) भन्दा दोबरले सुधार देखीए पनि कुनै कुनै पेन्टहरुमा अझै अत्यधिक मात्रामा (७५०४९ पि.पि.एम., अर्थात मापदण्ड भन्दा ८३३ गुणा बढी.) सम्म लेड पाईरहेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पुर्ण परीपाल्ना र प्रभावकारी कार्यान्वयन हुन आवस्यक रहेकोमा हाल गुणस्तर तथा नापतौल विभाग र वातावरण विभागबा परीक्षण भैरहेको जनाएपनि परीणाम सार्वजनिक गर्नुपर्ने टडकारो आवस्यत्ता रहेको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंधका बरिष्ठ उपाध्यक्ष मोहन कटुवालले पेन्ट उद्योग लगायत अन्य सबै औधोगिक प्रष्ठिानहरुले जवाफदेहीतापुर्ण उत्पादन मात्रै नगरी उत्पादित पेन्ट लगायतका बस्तुहरुको जबाफदेहीतापुर्ण आयात, निर्यात, विक्रिवितरण र खासगरी प्रचार प्रसारमा पनि ध्यान पुयाउनुपर्ने बेला आएको छ । पेन्ट लगायत कुनै पनि आयातित वा नेपालमै उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्ने गराउने कलाकार, हास्य कलाकार, सेलेब्रेटी र मोडेलहरु लगायत सञ्चार माध्यमहरुले पनि ती बस्तुहरुले जनस्वास्थ्य र वातावरणमा पार्नसक्ने असरहरुको बारेमा र सम्बन्धित बस्तुहरुको बारेमा नेपाल सरकारले तोकेको ऐन, नियमाबली र मापदण्डको बारेमा हेका राखी जवाफदेहीतापुर्ण प्रचार प्रसारमा मात्र जोडदिनु पर्दछ । भ्रामक र भडकिलो प्रचार प्रसार गरी उपभोक्ता ठग्नु कानुनतः अपराध हो ।  आम उपभोक्ताको स्वास्थ्य र वातावरणसंग खेलबाड, कमशल एवं किफाईती मालसमान कुनै पनि उधोगी र ब्यापारीबाट गर्न गराउनु हुदैन भनी विभिन्न उपभोक्ता अधिकारबादीका संघसंस्थाका प्रतिनिधीहरुले  जोडदिनु भयो ।   

देशका विभिन्न भागबाट ३५ भन्दा बढी संघ, प्रदेश र सथानीय निकायहरु र अन्य सरोकारबालाहरुको सहभागितामा आयोजीत एक राष्ट्रिय स्तरका कार्यक्रम नोपल सरकारका राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चारकेन्द्रका, निर्देशक सुनिल राज शर्मा, बागमती पादेश सरकारका उद्योग, प्रर्यटन, वन तथा वातावराण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुंगानाले विधुतिय माध्यमबाट उदघाटन गर्दै प्रदेश सरकारलेपनि यस्ता रसायनजन्य समस्याहरुको बारेमा आवस्यक कानुनी र संस्थागत क्षमताको विकासमा लाग्नुपर्ने मा जोडदिनुभयो ।, स्वास्थ्य निदेशक रमेश अधिकारी, विस्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधी राजाराम पोटे श्रेष्ठ, वातावरण विभागका प्रतिनिधी भुपेन्द्र सर्र्मा आदिको विशेष आतिथ्यतामा र लगायत मझौला तथा साना उद्योगहरुको महासंघका उपाध्यक्ष मोहन कटुवाल को अध्यक्षतामा सम्पन्न  आजको यो बागमती प्रदेश सहितको राष्ट्रिय स्तरीय अन्तरक्रियाकार्यक्रममा नेपालमा पाईने पेन्टमा लेडको अवस्था र यसबाट पर्ने सामाजीक एवं आर्थिक प्रभाब बारे वाातावरन वैज्ञानिक रामचरित्र साहले कार्यपत्र प्रस्तुत गर्दै मापदण्डको प्रभावकारी कार्यान्वयन मा जोड दिनुभयो, नेपाली बालबालिकाको रगातमा, फोहर ब्यवस्थापनमा कार्यरत श्रमीकहरुको रगतमा, आयूवेदीक औषधी शेवन गरीरहेको विरामीको रगतमा लेड सम्बन्धि गरेको अध्ययनहरुको परीणामबारे कार्यपत्र जाउलाखेल स्थित साम्याक डाईग्नोष्टिक प्रा.ली.का निर्देशक डा. केयूर गौतमले, लेडयूक्त पेन्टमको उन्मूलन सम्बन्धि संघीय, प्रादेशीक एवं स्थानीय सरकारको दायीत्व र जिम्मेबारीबारे कार्यपत्र वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका वातावरण निरीक्षक भुपेन्द्र शर्माले मापदण्डको अझ कडाईको साथ निरन्तर रुपमा बजार अनुगमन एवं पेन्टहरुको प्रयोगशाला परीक्षण गर्ने सम्बन्धित विभाग (वातावरण विभाग र गुणस्तर तथा नापतौल विभाग) हरुको तयारी भैरहेको वातावरण विभागका बरिष्ठ वातावरण निरीक्षक भुपेन्द्र शर्माले बताउनु हुदै अन्तर्राष्ट्रीय सचेतना सप्ताह मनाउन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय , विभागको निरन्तर सहयोग र एक्यबद्धता रहेको बताउनुभयो । लेडको सम्पर्कबाट आउनबाट जोगाउन र नियन्त्रण गर्न गराउन विश्व स्वास्थ्य संगठनका अधिकृत राजा राम पोटे श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठनले विश्व स्तर, क्षेत्रीय स्तर र राष्ट्रिय स्तरमा गरीरहेको प्रयासहरुको बारेमा विस्तार पूर्वक जानकारी गराउनु भएको थियो साथै लेडबाट श्रीजीत समस्या सामाधानार्थ प्राविधिक, आर्थिक सहयोगको निरन्तरता रहने पनि प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।  प्राविधक शत्रको अन्तमा नेपालमा लेड सम्बन्धि समस्याको निराकरणको लागी सबै सम्बन्धित सरकारी निकाय र सरोकारबालाहरुबाट चालिनुपर्ने कदमको बारेमा आगामी पहलकदमी बारे प्रा.डा. सुनिल कुमार जोशीले मन्तब्य राख्दै सबै सरोकारबाला हरु मिलेर अव ठोस कदम चाल्नु पर्ने आवस्यक्ता औल्याउनु भएको थियो । 

लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको मूख्य संदेश “लेडयूक्त पेन्टमा पुर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएको” आम जन्ता समक्ष सबैले पुयाउनुपर्नेमा जोड दिदै सचेतना सप्ताहको पुर्ण सफताको कामना गरीएको थियो । 

साताभरी आयोजना गरीने निम्न कार्यक्रमहरुमा पनि यहासबैको सहभाििगताका लागि हार्दिक निमन्त्रणा छ ।

- मिति २०७७।७।६ विश्वब्यापी अन्तर्राष्ट्रिय सचेतना सप्ताहको विधुतिय माध्यमबाट बागमती प्रदेश सहित एक राष्ट्रिय स्तरीय अन्तरक्रियाकार्यक्रम मार्फत सुभारम्भ गर्ने ।

- लेड र पेन्टमा तोकेको मापदण्डको प्रभावकारी कार्यान्वयन र बालबालिकाको शरीरमा लेडको मात्रा घटाउनको लागि विभिन्न प्रादेशीक सरकार प्रदेश न. १ मा (मिति २०७७।७।१३) , प्रदेश न. २ मा (मिति २०७७।७।१५) र लुम्बिनी प्रदेश (मिति २०७७।७।१४ गते )मा का उद्योग, प्रयटन, वन तथा वातावरण तथा सामाजीक विकाससंग सम्बन्धित मन्त्रालयहरु, स्वास्थ्य निर्देशनालयहरुको संयोजक्तवमा विधुतिय माध्यमबाट जनचेतना तथा क्षमता अभिबृद्धी कार्यक्रम आयोजना गर्ने । 

- रेडियो मार्फत नेपाल सरकारले तोकेका पेन्टमा लेडको मापदण्ड र नेपाली बालबालिकाको रगतमा लेडको अध्ययन परीणाम बारे बयापक प्रचार प्रसार गरी जनचेतना फैलाउने ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads