प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने - Nai Ummid

प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने


जनकपुरधाम, बैशाख २८ । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गर्नु भएको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ। 

बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन परिक्षणको दायरालाई बढाउन उक्त भिटिएम र। रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको हो । 

बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको आभावलाई मध्य नजर गर्दै केन्द्र सरकार संग तत्काल ४ हजार अक्सीजन सिलिण्डर मांग गर्ने निर्णय समेत गरेको छ । त्यसै गरि होम आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरु संग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads