सहजकर्ता लागि विषयगत कार्यशाला - Nai Ummid

सहजकर्ता लागि विषयगत कार्यशाला


सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको संयुक्त संयुक्त आयोजनामा दूई दिने बाल विकास केन्द्रका सहजकर्ताहरूको विषयगत कार्यशाला तालिका सोमवार राजविराजमा सम्पन्न भएको छ। प्रारम्भिक बालविकास तहका सिकाई सहजीकरण गर्ने सीपको विकास गर्ने विज्ञान निर्माण, सिर्जनात्मक, भाषा, गणित तथा अभिनय लगायत छ। सिकाई क्षेत्रसंग सम्बन्धित विषयगत सिकाई सामग्रीहरू निर्माण गर्ने तथा प्रयोग विधि थाहा पाउने तथा सहजकर्ताहरूको लागि सिकाई आदान-प्रदान गर्ने साथै सिकाई प्रक्रियामा सुधार भ्याउन मंच तयार गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको छ। 


मिल सिस्टम तथा कार्यक्रमको गुणस्तरमानक बारे जानकारी, बाल संरक्षण निति, सहजकर्ताले प्रयोग गरेका नया तरिकाबारे छलफल गरियो। उक्त घुम्ती बैठकमा प्रगति, चुनौती तथा समस्याहरू छलफल गरि वैकल्पिक विकल्पहरूको पहिचान गर्ने शैक्षिक सामग्री निर्माण गर्ने अर्को बैठकको मिति, स्थानको बारेमा कार्यशाला कै दिन निर्णय गरिने समुदाय परिचालक रामु यादवले बताए। सहजकर्ताहरूको क्षमता अभिवृद्धिका लागि समुन्तती कार्यक्रम संचालनमा रहेका बाल विकास केन्द्रमा यस्ता घुम्ती कार्यक्रम हुदै आएको आयोजकहुने जानकारी दिए। सोही कार्यक्रममा सेभ द सप्तरीका समुदाय परिचालक रामु यादव, विनिता यादव कार्यक्रम सुपरभाइजर रामचन्द्र यादवले प्रशिक्षण दिएका थिए। यो समुन्नती कार्यक्रम सप्तरीका राजविराज-1,5,14,15 र 16मा घुम्ती बैठकका रूपमा हुदै आएको छ। भने विष्णुपुर गाउॅंपालिका, छिन्नमस्ता गाउॅंपालिका, तिलाठी कोईलाडी गाउॅंपालिकामा समेत संचालित रहेका छ। उक्त कार्यक्रममा 15 जना सहजकर्ताहरूको सहभागिता रहेको थियो।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads