मुख्यमन्त्री राउतद्वारा रौतहटको गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन - Nai Ummid

मुख्यमन्त्री राउतद्वारा रौतहटको गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन


रौतहट , फागुन २६ ।  मुख्यमन्त्री लालबाबु राउतले रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल  गरुडाको एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ ।


निजि क्षेत्रबाट सञ्चालनमा ल्याईएको सुबिधा सम्पन्न उक्त अस्पतालको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने बिश्वास ब्यक्त गर्नु भयो । स्वास्थ्य क्षेत्रमा पछाडी परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आबस्यक्ता रहेकोे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिसामा अगाडी बढी सकेको दाबी गर्नु भयो ।

प्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।

गरुडाका नगरप्रमुख ईन्नु राय यादवकों अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भुमिब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादब , प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु), विभिन्न स्थानीय तह्का प्रमुखहरु, जनता समाजवादी पार्टी का नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads